दफा ६३
नियम बनाउन सक्ने
(१) यो ऐन कार्यान्वयन गर्न नेपाल सरकारले आवश्यक नियम बनाउन सक्नेछ।
(२) दफा २७ बमोजिम बजार अनुगमन सम्बन्धी कार्यलाई व्यवस्थित र प्रभावकारी बनाउन प्रदेश सरकारले आवश्यक नियम बनाउन सक्नेछ।